detail-img

पदाधिकारी/सचिवालयको प्रथम बैठक

लोकतान्त्रिक आदिवासी जनजाती महासंघ नेपालको दोश्रो महाधिवेशन पछिको पदाधिकारी/सचिवालयको प्रथम बठक महासंघको अध्यक्ष क. पासाङ शेर्पाको अध्यक्षता एवं महासंघको ईन्चार्ज क. गोकुल घर्तिमगरको प्रमुख आतिथ्यमा र महासचिव क. पेम्बा गुरुङ भोटेको सन्चालनमा सम्पन्न भएकोछ । 

बैठकले महासंघको पुरानो हरहिसाव फर्यौट, बुझबुझरथ, पदाधिकारीहरुको लेवी, पदाधिकारीहरुको कार्य जिम्मेवारी बाँडफाँट तथा केन्द्रीय कमिटीको आगामी बैठक सम्बन्धमा महत्वपुर्ण निर्णयहरु गरेको छ ।  त्यसैगरी बैठकले आगामी बैशाक १० गते हुने संघीय संसदको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेद्वारहरुलाई बिजय गराउनको लागी महासंघको जिल्ला कमिटी तथा गाउँ/नगर पालिका कमिटीका सबै कमरेडहरुलाई परिचालन गर्ने निर्णय गरेकोछ । 

बैठकले महासंघको दोश्रो महाधिवेसनबाट निर्वाचित पदाधिकारीहरुको आगामी कार्यकाल भरी लागि लागु हुने गरि पदाधिकारीको मासिक लेवी निम्न अनुसार रहने गरी स्वच्छिक घोषणा गरेर निर्धारण गरेकोछ ।

अध्यक्ष, क. पासाङ शेर्पा रु. –  १०,०००।– (दश हजार) मात्र ।

उपाध्यक्ष, क. मिनाकुमारी गुरुङ –  ५,०००।–  (पाँचहजार) मात्र ।

उपाध्यक्ष, क. बिजय सिं लोप्चन -  २,०००।– (दुई हजार) मात्र ।

उपाध्यक्ष क. देवनारयण चौधरी - २,०००।–  (दुई हजार) मात्र ।

उपाध्यक्ष, क. ज्ञानेन्द्र पुनमगर - २,०००।– (दुई हजार) मात्र ।

महासचिव, क. पेम्बा गुरुङ भोटे -  ५,०००।–  (पाँच हजार) मात्र ।

उपमहासचिव, क. देवराज राई -  १,५००।–  (एकहजार पाँचसय) मात्र ।

उपमहासचिव, क. प्रेम श्रेष्ठ -  २,०००।–  (दुईहजार) मात्र ।

सचिब, क. स्याम बिक्रम तुम्ब्रोक लिम्बु – २,०००।– (दुईहजार) मात्र ।

सचिव, क. सोनाम लामा -   २,०००।–  (एकहजार पाँचसय मात्र)

सचिव, क. मन्दिरा श्रेष्ठ -   १,५००।– (एकहजार पाँचसय) मात्र ।

सचिव, क. हुम गुरुङ -   २,०००।– (दुई हजार) मात्र ।

सचिव, क. हर्क लामा -  १,५००।–  (एकजार पाँचसय) मात्र ।

सचिव, क. शान्ती पाख्रिन लामा - ३,०००।– (तिनहजार मात्र)

सचिव, क. हिरुसरा रानामगर – ३,०००।– (तिनहजार मात्र)

सचिव, क. बिवेक शेष्ठ – २,५००।– (तिनहजार मात्र)

कोषाध्यक्ष, क. ज्योती लामा - ३,०००।–  (तिनहजार मात्र)     

केन्द्रीय कमिटी सदस्यहरुको लेवी निर्धारण सम्बन्धमा महासंघको केन्द्रीय कमिटी बैठकमा निर्णय गरिने छ ।