detail-img

" बिचार गोष्ठी भब्य रुपमा सम्पन्न"

" बिचार गोष्ठी भब्य रुपमा सम्पन्न"
लोकतान्त्रिक आदिवासी जनजाती महासँघ नेपालले जननेता मदन भण्डारीको ७२ अौ जन्म-जयन्तीको अवसर पारेर आज असार १५ गते बृहत बिचार गोष्ठी भब्यताका साथ सम्पन्न गरेकोछ । नेकपा एमालेको उपाध्यक्ष एबँ सँबिधानसभा सदस्य क. सुवास नेम्वाङको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त गोष्ठीमा पार्टीको कार्यवाहक महासचिब क. प्रदिप ज्ञावाली र महासँघका ईन्चार्ज क. गोकुल घर्ति मगरले दुई फरक कार्यपत्र प्रश्तुत गर्नु भएको थियो ।
कार्यपत्रहरु "जनताको बहुदलीय जनवाद र राज्यको रुपान्तरण" शिर्षकमा क. प्रदिप ज्ञावाली र "नेपाली कम्युनिष्ट आन्दोलन र आदिवासी जनजाती आन्दोलन बिचको अन्तर सम्बन्ध" शिर्षकमा क. गोकुल घर्ती मगरले कार्यपत्र पेश गर्नु भएको थियो । प्रश्तुत कार्यपत्रमा त्रिभुवन बिश्व बिध्यालयका मानव शास्त्री बिद्वान तथा आदिवासी जनजाती अभियन्ता डा. मुक्ता सिँ लामा तामाङले टिप्पणी गर्नु भएको थियो ।
कार्यक्रममा नेकपा एमालेको जनसँगठन लोकतान्त्रिक आदिवासी जनजाती महासँघ नेपालले आफ्नो समुदायको हकहितको खातिर गर्दै आएको कामको प्रशँसा गर्नु भयो ।उहाँले लोकतान्त्रिक आदिवासी जनजाती महासँघलाई समुदायमा स्थापित सँगठन बनाउन निर्देशन दिनु भएको थियो । यस्ता अन्तरकृया र वहसहरुले आदिवासी जनजातीको लागी गर्नु पर्ने कामको सवालमा नेकपा एमालेलाई बिचार बनाउन थप सहयोग पुराउछ भनि आफ्नो धारणा राख्नु भएको थियो ।
प्रमुख अतिथी कमरेड सुवास नेम्वाङले लोकतान्त्रिक आदिवासी जनजातीको यो अन्तरकृयाले सिँगो आदिवासी जनजाती आन्दोलनलाई धारिलो बनाउन सहयोग पुग्नेछ भन्नु भएको थियो । आदिवासी जनजाती अधिकारको सवालमा आज सम्ममा जे जती उपलब्धीहरु हासिल भएका छन ति सबै उपलब्धीहरुमा नेकपा एमालेको मुख्य योगदान रहेका छन । हामीले यि कुरा आदिवासी जनजातीहरुलाई भन्न र बुझाउन नसक्दा अहिले पहिचानको नाममा एमाले माथी प्रहार गर्ने काम भई रहेको छ भनि आफ्नो धारणा राख्नु भएको थियो ।
कार्यक्रम महासँघको अध्यक्ष क. पासाङ सेर्पाको अध्यक्षतामा र महासचिब क. पेम्बा गुरुङ भोटेको उद्घोषणमा सन्चालन भएको थियो । कार्यक्रममा महासँघका उपाध्यक्ष क. बिजय सिँ लोप्चनले स्वागत मन्तब्य राख्नु भएको थियो । पार्टीका केन्द्रीय सदस्यहरु क. पेम्बा लामा ह्योल्मो र क. अईन्द्र सुन्दर नेम्वाङको समेत कार्यक्रममा उपस्थिती रहेको थियो ।
All reactions:
Dev Raj Rai, Mandira Shrestha and ५९ others