detail-img

मधेस प्रदेशमा महासंघको सदस्यता बिस्तार अभियान सन्चालन

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालले सन्चालन गरेको सदस्यता बिस्तार अभियान मधेस प्रदेशमा पनि सन्चालन भएको छ । 

महासंघ केन्द्रीय पदाधिकारीको निर्णय अनुसार सदस्यता नविकरण तथा नयाँ सदस्यता बिस्तार अभियान सन्चालन गर्नको लागि सबै प्रदेश कमिटीहरु र जातिय घटक संगठनहरुलाई समन्वय संयोजन गर्ने गरि महासंघको ८ जना सचिव कमरेडहरुलाई जिम्मेवारी तोकिएको छ । जस अनुसार महासंघको सचिव कमरेड शान्ती लामा पाख्रिनलाई मधेस प्रदेशमा समन्वय गर्ने  जिम्मेवारी तोकिएको छ ।

कमरेड शान्ति लामाको समन्वयमा तथा महासंघको मधेस प्रदेश कमिटी अध्यक्ष कमरेड दुर्गा ग्यावा तामाङको अध्यक्षता  यहि २०८० साल जेठ १७ गते सबै जिल्ला कमिटीको अध्यक्ष र सचिवहरुलाई धनुषा जिल्लाको ढल्केबर बजारमा अभिमुखिकरण बैठक आयोजना गरेर मधेस प्रदेशमा महासंघको सदस्यता बिस्तार अभियानको आरम्भ गरिएकोछ । बैठकले मधेस प्रदेश अन्तरगतको सबै जिल्ला कमिटीलाई सदस्यता बिस्तार गर्नको लागि सदस्यता फारम तथा सदस्यता पत्र बितरण गरि पठाईको छ ।  

बैठकमा महासंघको केन्द्रीय उपाध्यक्ष कमरेड देवनारयण चौधरीको प्रमुख उपस्थिती रहेको थियो ।