detail-img

अध्यक्ष क. केपी शर्मा ओलीसंग निर्वाचित पदाधिकारीको परिचयात्मक भेटघाट

नेकपा एमालेको श्रद्देय अध्यक्ष क. केपी शर्मा ओलीसंग लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालको दोश्रो राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरुले परिचयात्मक भेटघाट गरेकोछ । यही २०८० बैशाख ३१ गते महासंघका पदाधिकारीहरु अध्यक्ष कमरेडको निवास बालकोटमा पुगि उक्त भेटघाट आयोजना गरिएको हो । सो अवसरमा अध्यक्ष कमरेडले महासंघको पदाधिकारीहरुलाई बधाई ज्ञापन सहित कार्यकाल सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो ।

यसै क्रममा अध्यक्ष कमरेडले महासंघको पदाधिकारीलाई निम्न बुँदामा उल्लेखित बिशेष निर्देशन समेत दिनु भएकोछ ।

समाजलाई सुसंस्कृत समाज बनाउन, सामाजिक न्यायको आन्दोलनलाई उचाईमा पुराउन, सामाजिक भातृत्व सहितको राष्ट्रिय एकता बलियो बनाउन महासंघले सधै सकृय भुमिका निर्वाह गर्नु पर्दछ । आदिवासी जनजातिको पहिचान नेपालको राष्ट्रिय निधी हो । नेपालको बिबिधता राष्ट्रको निधि मौलिक भाषा, कला, सँस्कृति लोप हुदै जादा नेपाली राष्ट्रियता कमजोर हुँदै गएको छ । यस्तो अवस्थामा सम्बृद्द र सुसंस्कृत समाज निर्माणका लागि आदिवासी जनजातिका मौलिकता र राष्ट्रियतालाई बलियो बनाउन पर्दछ । चर्को र साम्प्रादायिक नाराले आदिवासी जनजातिको राष्ट्रियता सम्बृद्ध हुदैन । लोकतान्त्रिक महासंघले मातृभाषा संरक्षण, भेषभुषा तथा पोषाक र बाजागाजा संरक्षण अभियान चलाउनु पर्दछ ।  हाम्रो गाउँघरको रोधी सँस्कृतिक लोप हुनुका कारण माओवादीको सशस्त्र द्वन्द्व पनि हो । जनजाति महासंघले महिला दिदिबहिनीहरुलाई अघि बढाउनुस, पुरुषको तुलनामा दिदिबहिनीहरु इमान्दार, दृढ हुन्छन् ।  नैतिकवान र मर्यादित समाज, सामाजिक न्याय, राष्ट्रिय एकता, समृद्ध नेपालका लागि लोकतान्त्रिक आदिवासी जनजाति महासंघले आफ्नो अभियान निरन्तर चलाउनु पर्दछ भनि कमरेड अध्यक्षले पदाधिकारीहरुलाई निर्देशन दिनु भएको थियो ।