मिती :- २०७९।१२।२९ गते
प्रेश बिज्ञप्ती
तात्कालीन प्रदेश नं. १ लाई सोही प्रदेशसभाको दुई तिहाई भन्दा बढी मतले कोशी प्रदेश नामांकरण गरिएकोमा असहमत जनाउने आन्दोलनको नामबाट केही उच्छृङखल ब्यक्तिहरुले नेकपा एमालेका प्रदेशसभा सदस्यहरु तथा मा. मुख्यमन्त्रीलाई समेत गरिएको भौतिक आक्रमण, सार्वजानिक गालि बेईजती तथा अभद्र ब्यावहार जस्ता खेद्जनक गतिबिधी प्रति लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको गम्भिर ध्यानाकर्षण भएकोछ ।
प्रदेशको नामकरण गर्दा किराँत सभ्यताको पहिचान जनित नामकरण गरियोस भन्ने अन्दोलनरत समुदायको भावना प्रति लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालले सम्मान ब्यक्त गर्दै आएकोछ । तर आन्दोलनको नाममा हुने यस्ता उच्छृङखल र अराजक गतिबिधीले हामीलाई दुखी तुल्याएको छ ।
केही अमुक राजनितिक दलहरु र दलका अमुक नेताहरुको स्वार्थ पुरा गर्न तथा केही दललाई खुईल्याउने दुस्प्रयास जस्ता गतिबिधीले पहिचानको आन्दोलन झन् कमजोर बनाउदै जाने र आदिवासी जनजाति एकतामा समेत गम्भिर असर पुग्न जाने कुरामा आन्दोलनरत पक्षलाई यो बिज्ञप्ती मार्फत ध्यानाकर्षण गराउन चहान्छु ।
अत: आन्दोलनको नाममा नेकपा एमालेका प्रदेशसभा सदस्यहरु, प्रदेशका मा. मन्त्रीहरु र मा. मुख्यमन्त्री माथी हुने यस्ता भौतिक आक्रमण, सार्वजानिक गाली बेईजती तथा अभद्र ब्यावहार जस्ता कार्यहरु तुरुन्त बन्द गरियोस् भनि यसै बिज्ञप्ती मार्फत आग्रह गर्दछु ।
……………………………………………
क.पासाङ शेर्पा
अध्यक्ष