detail-img

महासंघको अध्यक्षमा क. पासाङ शेर्पा सर्वसम्मत चयन

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको दोश्रो राष्ट्रिय महाधिवेसनले नयाँ नेतृत्व चयन गरेको छ । २०७९ चैत्र १९/२० र २१ गते काठमाण्डौमा सम्पन्न भएको राष्ट्रिय महाधिवेसनको बन्दसत्रले पार्टी केन्द्रीय कमिटी सदस्य क. पासाङ शेर्पाको अध्यक्षतामा उपाध्यक्षहरु क. मिनाकुमारी गुरुङ, क. बिजय लोप्चन क. देवनारयण थारु, क. ज्ञानेन्द्र कुमार कुमाल, महासचिव क. पेम्बा गुरुङ भोटे, उपमहासचिवहरु क. देवराज राई, क. प्रेम श्रेष्ठ, सचिवहरुमा क. हुमबहादुर गुरुङ (कास्की), क. सोनाम छिरीङ लामा (मुगु), क. स्याम तुम्ब्रोक लिम्बु (पाँचथर), क. हर्क तामाङ (काभ्रे),क. बिवेक श्रेष्ठ (दाङ), क. शान्ती पाख्रिन लामा (सर्लाही), क. मन्दिरा श्रेष्ठ धादिङ, क. हिरुसरा राना (पाल्पा) र कोषाध्यक्षमा क. ज्योती लामा (काठमाण्डौ) समेत १७ (सत्र) जना पदाधिकारी सहित २९९ जनाको केन्द्रीय कमिटी सर्वसम्मत चयन गरेको छ ।

त्यसै गरी महाधिवेसनको बन्दसत्रले केन्द्रीय सल्लाहाकार परिषद अध्यक्षमा क. राजेन्द्र श्रेष्ठ (काठमाण्डौ), केन्द्रीय लेखा आयोगको अध्यक्षमा सुमन श्रेष्ठ (काठमाण्डौ), अनुशासन आयोगको अध्यक्षमा क. नरबहादुर थापामगर  र निर्वाचन आयोगको अध्यक्षमा क. लिलरघु याक्खा (सुनसरी) सर्वसम्मत चयन गरेको छ । 

नव निर्वाचित केन्द्रीय कमिटीलाई राष्ट्रिय महाधिवेसन बन्दसत्रको अध्यक्ष मण्डल अध्यक्ष क. भानुभक्त ढकालले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो ।