detail-img

दोश्रो राष्ट्रिय महाधिवेशको उद्घाटन भब्य रुपमा सम्पन्न

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको दोश्रो राष्ट्रिय महाधिवेसन उद्घाटन समारोह भब्यताका साथ सम्पन्न भएको छ ।

२०७९ चैत्र १९/२० र २१ गते सम्पन्न भएको महासंघको महाधिवेशनको उद्घाटन समारोह अध्यक्ष कमरेड गोकुल घर्ती मगरको अध्यक्षता आयोजना भएको थियो । नेकपा एमालेका श्रद्देय अध्यक्ष क. केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा सम्पन्न भएको महासंघको दोश्रो राष्ट्रिय महाधिवेसन उद्घाटन समारोहमा पार्टीका महासचिव क. शंकर पोखरेल, उपमहासचिव क. पृथ्वी सुब्बा गुरुङ, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष कमरेड बिजय सुब्बा, पार्टी स्थायी कमिटी सदस्य तथा अखिल नेपाल महिला आयोगका अध्यक्ष क. थममाया थापा, पार्टी स्थायी कमिटी सदस्य क. परशुराम मेघी गुरुङ, पार्टी स्थायी कमिटी तथा केन्द्रीय जनसंगठन समन्वय संयन्त्रका संयोजक क. भानुभक्त ढकाल, पार्टी स्थायी कमिटी सदस्य क. सेरबहादुर तामाङ लगायतका पार्टी स्थायी कमिटी सदस्य कमरेडहरुको गरिमाय उपस्थिती रहेको थियो । 

त्यसै गरी पार्टीको केन्द्रीय कमिटी सदस्यहरु क. रचना खडका, क. पासाङ शेर्पा, क. दावा तामाङ, क. निरु दर्लामी मगर, क. मिनाकुमारी गुरुङ, क. टसी स्ह्याङमो गुरुङसेनी, क. नविन रोक्का मगर समेतको सहभागीता रहेको थियो । 

स्वास्थ्य अवस्थाको कारण अध्यक्ष कमरेड केही समय ढिला आउनु हुने भनि आयोजकलाई जानकारी प्राप्त भए पछि अध्यक्ष कमरेडकै निर्देशन अनुसार महासचिव क. शंकर पोखरेलले छ्योमी दियो बालेर महाधिवेसनको उद्घाटन गर्नु भएको थियो । उक्त समारोहमा अध्यक्ष क. केपी शर्मा ओलीले लोकतान्त्रिक आदिवासी जनजाति महासंघको मुखपत्र आदिवासी आवजको बिमोचन समेत गर्नु भएको थियो । 

बिभिन्न जाती समुदायको झाँकी प्रदर्शन गर्दै उत्सवमय ढंगले उद्घाटन गरिएको राष्ट्रिय महाधिवेसनमा देशभरीको बिभिन्न जिल्लाबाट नेकपा एमाले समर्थक हजारौ आदिवासी जनजाति प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।