क. सुर्य घिसिङको अध्यक्षतामा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ भक्तपुर जिल्ला कमिटी गठन
नेकपा एमालेको जनसंगठन लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालको भक्तपुर जिल्ला अधिवेसन आज चैत्र ३ गते भब्यरुपमा सम्पन्न भयो ।
नेकपा एमाले केन्द्रीय पोलिटब्युरो सदस्य तथा लोकतान्त्रिक आदिवासी जनजाति महासंघको अध्यक्ष कमरेड गोकुल घर्ति मगरको प्रमुख आतिथ्यमा आयोजना भएको जिल्ला अधिवेसनले क. सुर्य घिसिङ अध्यक्षतामा क. दिलकृष्ण प्रजापति उपाध्यक्ष, क. मिना नगरकोटी सचिब, क. रोषन श्रेष्ठ उपसचिव, क. सुरेष कासुला कोषाध्यक्ष सहितको ३३ सदस्यीय जिल्ला कमिटी गठन गरेकोछ ।
जिल्ला अधिवेसनमा पार्टी केन्द्रीय कमिटी सदस्य तथा महासंघका सह ईन्चार्ज क. पासाङ सेर्पा, पार्टी जिल्ला कमिटी अध्यक्ष क. बचन देउजा,प्रदेशसभा सदस्य माननीय किरण थापा मगर, महासंघका उपाध्यक्ष क. राजेन्द्र श्रेष्ठ, महासचिव कमरेड पेम्बा गुरुङ भोटे, महासंघका उप महासचिव क. देवराज राई, कोषाध्यक्ष क. प्रेम श्रेष्ठ लगायतका नेताहरुको सहभागिता रहेको थियो ।